Saturday, October 20, 2007

प्रहरीमा ४५ प्रतिशत आरक्षण

मन्त्रिपरिषद्को बुधबारको बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा रिक्त हुने दरबन्दीको ४५ प्रतिशत विभिन्न वर्ग र क्षेत्रका लागि आरक्षण व्यवस्था गर्न नियमावली संशोधन गर्न स्वीकृति दिएको छ। श्रम तथा यातायात व्यवस्था राज्यमन्त्री रमेश लेखकका अनुसार आरक्षित स्थानमध्ये महिलालाई २०, आदिवासी जनजातिलाई ३२, मधेसीलाई २८, दलितलाई १५ र पिछडिएका क्षेत्रलाई पाँच प्रतिशत रहनेछ। यसैगरी बैठकले मुलुकको शान्तिसुरक्षालाई थप सुदृढ र प्रभावकारी बनाउन गृह प्रशासनलाई निर्देशन गर्ने निर्णयमेत गरेको छ।

झाडापखालाबाट ३ को मृत्यु

गत दुइ महिनादेखि फैलिएको झाडापखालाबाट रौतहटमा थप दुइ जनाको मृत्यु भएको छ। जिल्लामा झाडापखालाबाट मर्नेको संख्या यो समेत १६ पुगेको छ। झाडापखालाबाट रौतहट, मर्यादपुर गाविस-१ का २५ वषीय जियालाल यादवको बुधबार बिहान मृत्यु भयो भने तेजापाकट गाविस-२ की दुइ वषीया निकंगर खातुनको मृत्यु भएको गाविस सचिवले जनाएका छन्। यसैगरी महोत्तरीमा झाडापखालाबाट मंगलबार राति पडौल गाविस-८ तिलगढ बस्ने लटु पासवानकी ११ वषीया नातिनी रीता पासवानको मृत्यु भएको छ।अहिले तिलगढमा ३५ जनाभन्दा बढी झाडापखालाबाट प्रभावित रहेका छन्। केहीको स्थिति गम्भीर रहेको थाहा भएको छ।

माओवादीको अपिल

नेकपा (माओवादी) संसदीय दलले मुलुक गम्भीर मोडमा पुगेको र जनादेश संकटमा परेकाले गणतन्त्र र समानुपातिक निर्वाचन प्रणालीका पक्षमा जनमत तयार गर्न अपिल गरेको छ। संसदीय दलका नेता कृष्णबहादुर महराद्वारा बुधबार जारी गरिएको अपिलमा संघीय लोकतान्त्रिक गणतन्त्र र र्सार्थक संविधानसभाको निर्वाचन गर्ने नेपाली जनताको आशा र अभिलाषा धरापमा परेको भनिएको छ।गणतन्त्रको घोषणा र समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने जनताको चाहनालाई ध्यानमा राखी संसद्को विशेष अधिवेशनमा राजनीतिक प्रस्ताव राख्नुपरेको कुरा अपिलमा उल्लेख गरिएको छ।आशा एवम् अपेक्षा छ, त्यो दिशामा सदनले सकारात्मक निर्णयगर्नेछ, त्यसका लागि सबै सांसदसँग नेकपा (माओवादी) संसदीय दलको आग्रह छ’ -अपिलमा भनिएको छ।

दुर्घटनामा एकको मृत्यु

सर्लाहीमा मंगलबार राति बसको ठक्करबाट घाइते भएकामध्ये एकजनाको उपचारको क्रममा वीरगन्जमा मृत्यु भएको छ। सर्लाही घुर्कौली वडा न.८ बस्ने २० वर्षीय सुनिल तामाङको मृत्यु भएको प्रहरी उपरिक्षक गणेश केसीले जानकारी दिनुभएको छ।मंगलबार राति साढे ८ बजे विराटनगरबाट काठमाडौं जाँदै गरेको ना२ख ७९९७ नम्बरको बसले सर्लाहीको बाँके क्षेत्रमा ठेकेदारद्वारा जिविसको कर उठाउन बनाइएको छाप्रोमा ठक्कर दिएको थियो।बसको ठक्करबाट कर संकलनका लागि खटिएका ठेकेदारका आठ जना कर्मचारी घाइते भएका थिए। घाइतेमध्ये एक जनाको मृत्यु भएको छ भने गम्भीर घाइते रहेका चार जनालाई काठमाडौं लगिएको छ। बस राजमार्गबाट तल झरे पनि बसका यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ।

बालबालिका अपहरणको भर्त्सना

नेकपा (एमाले) निकट आठ संगठनले केही दिनयता राजधानीमा भइरहेका शृङ्खलाबद्ध बालबालिका अपहरणका घटनाप्रति आपत्ति जनाउँदै त्यस्ता घटना रोक्न सरकारसँग जोडदार माग गरेका छन्। बालबालिकाहरूको अपहरण र हत्या रोक्न सरकार गम्भीर नभएको आरोप लगाउँदै त्यस्ता घटना रोकी शान्तिसुरक्षाको प्रत्याभूति दिन तथा अपहरणकारीलाई कडा कारबाही गर्नसमेत ती संगठनले माग गरेका छन्। अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान महासंघ, नेपाल ट्रेड युनियन महासंघ, अनेरास्ववियु, प्ररायुसंघ, नेपाल उत्पीडित जातीय मुक्ति समाज, लोकतान्त्रिक जनजाति महासंघ र राष्ट्रिय जनसांस्कृतिक मञ्चले बुधबार संयुक्त विज्ञप्ति जारी गरी बालकद्वय धीरज अधिकारी र रोहित गुप्ताको अपहरणपछि हत्या गर्ने हत्यारालाई कडा कारबाही गर्न सरकारसमक्ष माग गरेका छन्।

Thursday, October 11, 2007

आरती हनुमान जी को

हनुमान जी को आरी सुननhttp://www.youtube.com/watch?v=ZjtXCUDnHfU को लगी याहा क्लिक गर्नु hos

Tuesday, October 2, 2007