Saturday, October 20, 2007

माओवादीको अपिल

नेकपा (माओवादी) संसदीय दलले मुलुक गम्भीर मोडमा पुगेको र जनादेश संकटमा परेकाले गणतन्त्र र समानुपातिक निर्वाचन प्रणालीका पक्षमा जनमत तयार गर्न अपिल गरेको छ। संसदीय दलका नेता कृष्णबहादुर महराद्वारा बुधबार जारी गरिएको अपिलमा संघीय लोकतान्त्रिक गणतन्त्र र र्सार्थक संविधानसभाको निर्वाचन गर्ने नेपाली जनताको आशा र अभिलाषा धरापमा परेको भनिएको छ।गणतन्त्रको घोषणा र समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने जनताको चाहनालाई ध्यानमा राखी संसद्को विशेष अधिवेशनमा राजनीतिक प्रस्ताव राख्नुपरेको कुरा अपिलमा उल्लेख गरिएको छ।आशा एवम् अपेक्षा छ, त्यो दिशामा सदनले सकारात्मक निर्णयगर्नेछ, त्यसका लागि सबै सांसदसँग नेकपा (माओवादी) संसदीय दलको आग्रह छ’ -अपिलमा भनिएको छ।

No comments: