Saturday, October 20, 2007

बालबालिका अपहरणको भर्त्सना

नेकपा (एमाले) निकट आठ संगठनले केही दिनयता राजधानीमा भइरहेका शृङ्खलाबद्ध बालबालिका अपहरणका घटनाप्रति आपत्ति जनाउँदै त्यस्ता घटना रोक्न सरकारसँग जोडदार माग गरेका छन्। बालबालिकाहरूको अपहरण र हत्या रोक्न सरकार गम्भीर नभएको आरोप लगाउँदै त्यस्ता घटना रोकी शान्तिसुरक्षाको प्रत्याभूति दिन तथा अपहरणकारीलाई कडा कारबाही गर्नसमेत ती संगठनले माग गरेका छन्। अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान महासंघ, नेपाल ट्रेड युनियन महासंघ, अनेरास्ववियु, प्ररायुसंघ, नेपाल उत्पीडित जातीय मुक्ति समाज, लोकतान्त्रिक जनजाति महासंघ र राष्ट्रिय जनसांस्कृतिक मञ्चले बुधबार संयुक्त विज्ञप्ति जारी गरी बालकद्वय धीरज अधिकारी र रोहित गुप्ताको अपहरणपछि हत्या गर्ने हत्यारालाई कडा कारबाही गर्न सरकारसमक्ष माग गरेका छन्।

No comments: