Saturday, September 8, 2007

किशोरीहरू पुरस्कृत

जनकपुर, भदौ २१ - विद्यालय नगई अनौपचारिक शिक्षा लिएर व्यक्तित्व विकास गर्न सफल महोत्तरी र धनुषाका १० किशोरीलाई शुक्रबार प्रोत्साहन पुरस्कार दिइएको छ । विश्व साक्षरता दिवसमा आसमान नेपालद्वारा आयोजित बालिका शिक्षामा प्रतिबद्धता कार्यक्रममा पुरस्कार पाउनेमा रंजिताकुमारी यादव, जानकी भुजेल, निरु श्रेष्ठ, कौशल्या कुशवाहा र उर्मिला लामा छन् । धनुषाका प्रमुख जिल्ला अधिकारी रामशरण चिमौरिया, शिक्षा अधिकारी राजेन्द्र यादव, शिक्षक युनियनका अध्यक्ष लालबाबु हाथी र आसमानका जिल्ला संयोजक नवल यादवलगायतले किशोरीलाई सम्मानपत्र, मायाको चिनो र जनही एक-एक हजार प्रदान गरेका थिए ।

No comments: