Saturday, September 8, 2007

चालक अपहरित

महोत्तरी- तराई जनतान्त्रिक -ज्वाला) समूहका कार्यकर्ताले जलेश्वर-बर्दीवास सडक खण्डमा पर्ने बखडी चौकबाट बिहीबार राति एक जिप चालकलाई अपहरण गरेका छन् । ग्रामीण भेगका बजारमा कोकाकोला पुर्‍याएर जनकपुर र्फकंदै गरेको लु१च १६६८ नम्बरको जिपका चालक निरज राईलाई एरिया कमान्डर बाबा सिंहको कमान्डमा आएका मोर्चा कार्यकर्ताले साँझ करिब ८ बजे अपहरण गरेका हुन् ।
सिन्धुली जिल्लाको लाम्पटार घर भएका चालक राईको अवस्था अज्ञात छ । मोर्चाका जिल्ला इन्चार्ज तुलसी दासले राईलाई सुराकी आरोपमा नियन्त्रणमा लिएको बताएका छन् ।

No comments: