Friday, August 17, 2007

महोत्तरी र चितवनका विभिन्न गाउँ डुवानमा

लगातार भइरहेको वर्षाले महोत्तरी र चितवनको जनजीवन प्रभावित भएको छ। विगत १२ घण्टादेखि निरन्तर भइरहेको वर्षाका कारण महोत्तरी सदरमुकाम जलेश्वर तथा धमौली, मलिवारालगायतका दर्जन बढी गाविस डुवानमा परेका छन् ।

वर्षाले यातायत अवरुद्ध बनाएको छ भने सदरमुकाम जोड्ने प्रायः सबै पुलहरु भत्केको छ। बाढीले चितवनको भरतपुर नगरपालिका-१२ गुन्द्राङबाट दर्जन परिवार विस्तापित भएका छन् ।

जिल्लाको दक्षिणी क्षेत्र माढीका विभिन्न एक दर्जन खोलामा बाढीको बहाव बढेका कारण गर्ती गाविस-१ अलिमिया गाउँ पुरै डुवानमा परेको छ। चितवनका मेघौली, बखौडा, बछ्यौलीलगायतका गाविस पनि डुवानमा परेका छन् ।

No comments: