Friday, August 17, 2007

जनताद्वारा हतियारधारीको प्रतिरोध

तर्राईमा हतियारधारी सक्रिय भई र्सवसाधारणलाई अपहरण र हत्या गर्ने शृखंला बढाउदै गर्दा पसा\'का जनताले प्रतिरोध गरेका छन् । ३१ साउनको सांझ हतियारसहित आएकाहरुले विरुवागुठी गाविसस्थित आमादेवी भूपू सैनिक विद्यालयका प्रधानाध्यापक महेन्द्र तामाङमाथि गोली प्रहार गरेपछि स्थानीय बासिन्दा प्रतिरोधमा उत्रिएका हुन् ।

घटनामा हतियारधारीतफ चार घाइते भएकामा दुइको अस्पताल लादा लादै मृत्यु भएको थियो । मृत्यु हुनेहरुमा संजय पटेल र मिथुन पटेल छन् । दुइ घाइतेको वीरगन्जमा उपचार भइरहेको छ । आक्रमणकारी जनतान्त्रिक तर्राई मुक्ति मोर्चा ज्वाला सिंह समूहका कार्यकर्ता भएको भनिएपनि पुष्टि भएको छैन । गोली लागेका प्रधानाध्यापक तामाङलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

1 comment:

Anonymous said...

nice collection