Saturday, August 18, 2007

पत्रकारको रहस्यमय मृत्यु स्राधान्जली जलेशोवर

, असार २ - रहस्यमय दुर्घटनामा सख्त घाइते भएका महोत्तरीका पत्रकार कञ्चन भण्डारीको उचित उपचारको आभावमा शुक्रबार जनकपुर अस्पतालमा मृत्यु भएको छ । त्यही घटनामा गम्भीर घाइते अर्का पत्रकार हिमालय टायम्सका महोत्तरी समाचारदाता नागेन्द्र कर्णलाई सघन उपचारका लागि धरान लगिएको छ ।
महोत्तरीबाट प्रकाशित हुने महोत्तरी टाइम्सका सहसम्पादक, राष्ट्रिय समाचार समिति र हिन्दुस्तान दैनिकका समाचारदाता भण्डारीलाई साइकलमा कर्णसँगै जलेश्वरबाट भिठामोरतर्फ जाँदै गर्दा पछाडिबाट आएको ट्याक्टरले ठक्कर दिएको थियो ।

दुर्घटना लगत्तै जनकपुर अस्पताल पुर्‍याइएका दुवै सञ्चारकर्मीलाई समयमै उपचार नरिएको आरोप मृतक भण्डारीका पिता दशरथले लगाए । पत्रकार रामभरत साहले भने- 'अस्पतालमा अक्सिजनसमेत थिएन, डाक्टरहरूले वास्तै गरेनन्, त्यही कारण कञ्चनको मृत्यु भयो,' साहले भने । अस्पतालको लापरबाहीले सहकर्मीको मृत्यु भएको भन्दै धनुषा र महोत्तरीका पत्रकार र स्थानीय बासिन्दाले चिकित्सकलाई कारबाही गर्न माग गरेका थिए ।

एक साताअघि भण्डारीले हिन्दुस्तान दैनिकमा प्रकाशित अवैध गाँजा उत्पादनसम्बन्धी समाचारमा स्थानीय प्रहरी प्रशासन,माओवादी, माफियालगायतको चर्चा गरेका थिए । उनको हत्या संगठित गिरोहबाट भएको हुनसक्ने महोत्तरीका पत्रकारहरूले आशंका गरेका छन् ।

No comments: