Saturday, August 18, 2007

महोत्तरी घटनाको छानबिन माग

काठमाडौं, असार ५ - पत्रकार कञ्चन भण्डारीको मृृत्युको घटना छानबिन गरी दोषीलाई कारबाही गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ ।
महासंघ महोत्तरी सदस्य भण्डारीलाई असार तीन गते ट्याक्टरको ठक्करले घाइते बनाएको थियो । जनकपुर अस्पतालमा पुर्‍याएको केहीबेरमै उनको मृत्यु भएको थियो । महासंघले विज्ञप्तिमार्फत पछिल्लो तनावपूर्ण स्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले घटनामा घाइते पत्रकार नागेन्द्रकुमार कर्णको स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

No comments: