Saturday, August 18, 2007

कारबाही माग गर्दै धर्ना

जनकपुर, असार ११ - पत्रकार कञ्चन भण्डारीको रहस्यमय मृत्युको छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै पत्रकार महासंघ शाखाले आइतबार प्रशासनमा दुई घन्टा धर्ना दिएको छ ।
पत्रकारहरूले दोषी ट्याक्टर चालक र उपचारमा संलग्न चिकित्सकमाथि कारबाही गरिनुपर्ने, परिवारलाई क्षतिपूर्ति, घाइतेलाई उपचार तथा अस्पतालमा भएको रहस्यमय आगलागीको छानबिनको माग गरेको छ । महोत्तरीको खैराचोकमा भएको रहस्यमय ट्याक्टर दुर्घटनामा परी घाइते भएका महोत्तरीका पत्रकार भण्डारीको जनकपुर अञ्चल अस्प्ातालका चिकित्सकको लापरबाहीको कारण मृत्यु भएको महासंघको आरोप छ । यसविरुद्ध पत्रकारहरू चरणबद्ध आन्दोलनमा उत्रेका छन् ।

पहिलोचरणको आन्दोलनअन्तर्गत दुवै जिल्लाका पत्रकारहरूले छुट्टाछुट्टै प्रशासन कार्यालयमा दुई देखि चार बजेसम्म धर्ना बसेका थिए ।

No comments: