Friday, August 17, 2007

सर्पले डसेर महोत्तरी र बारामा गरी तीनको मृत्यु

सर्पले टोकेर महोत्तरी र बारामा ३ जनाको मृत्यु भएको छ । बाढीमा बगेर आएको सर्पले टोक्दा महोत्तरीका जलेश्वरका एकै घरका ३ वर्षका कृष्ण दास र ६ वर्षकी ममता दासको मृत्यु भएको हो ।

सर्पले टोकेर कृष्णको घरमै र ममताको उपचारको क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको जनाइएको छ । बाराको इनरुवा सिराहा गाविस वडा नं. ७ बहडिलवाका १९ वर्षका अनिल पासवानको सर्पको टोकाइबाट गएराति मृत्यु भएको हो ।

राति करिब ९ बजे सर्पले टोकेपछि उपचारको लागि वीरगंज लैजादै गर्दा पासवानको बाटोमानै मृत्यु भएको हो ।

No comments: