मधेशीहरुको हक अधिकारका लागि खोलिएका संघसंस्था र सदभावना पार्टर्ीीस्ता राजनैतिक दलहरुले गफमात्र गरिरहेको बेलामा पीडित मधेशीहरु आ- आफ्नो हक अधिकारको लागि विभिन्न दलहरुसँग आवद्ध भए । देशका राजनीतिक दलहरुले पनि मधेशीहरुलाई आफूतिर आकषिर्त गर्न, सकेसम्म कुनै पनि प्रोपोगाण्डा बाँकी राखेनन् । दुःखको कुरो, जो मधेशी नेताहरु मधेशवादका ठूल्ठूला कुरा गर्छन् उसको पार्टर्ीीे अध्यक्ष पहाडि नै रहेका छन् । आफूलाई मधेशीहरुको नेता मान्ने महन्त ठाकुर, रामवरण यादव, रामचन्द्र झा, धर्मनाथ साह, रेणु यादव, विजय गच्छेदार, रामचन्द्र राय, मातृका यादव, प्रभु साह लगायतका मधेशवादी भनाउँदा नेताहरुको पार्टर्ीी मुखिया पनि पहाडि नै हुन् । शताव्दीऔं देखि मधेशीहरुलाई दवाएर राखेका यी पार्टर्ीी मुखिया 'पहाडि'हरुले मधेशीलाई साँच्चै अधिकार र सम्मान देला त - मधेशी नै पार्टर्ीी्रमुख रहेका दर्ुइटै सद्भावना, नेपाली जनता दल, मधेशी जनाधिकार फोरम जस्ता पार्टर्ीी पनि छन् । तर यी पार्टर्ीीले मधेशी जनतालाई आश्वस्त पार्न सकेका छैनन् र मधेशी जनताहरु विभिन्न कारणहरुले कहिले यता कहिले उता दौडिदै छन् ।
देश र जनतालाई सही मार्गमा डोर्याउने सञ्चार क्षेत्रले मधेशीको मुद्दालाई कहिले पनि उठाउने सोचैं बनाएनन् । यदा कदा कान्तिपुर, अन्नपर्ूण्ा पोष्ट, राजधानी, समाचारपत्र, गोरखापत्र लगायतका ठूल्ठूला अखवारहरुले मधेशीको समस्या छापे पनि बङ्गाएर नै छाप्ने गर्छन् । किनकी ती अखवारहरुका सञ्चालक पहाडिहरु नै हुन् । हुन त यसमा हामीले दुःख मान्नुपर्ने कुरै छैन किनकी नत मधेशीहरुले पत्रपत्रिका प्रकाशन गर्न तिर लागे नत केही मात्र लागेकाहरुले पनि मधेशी समुदायबाट प्रसय पाए ।
हाम्रो देशका लेखक र पत्रिकाहरु त यस्तै छन् जहाँ लेखकले "गर्व से कहु हम मधेशी छीँ, विदेशी भगौडा नई धर्तिपुत्र छीँ" लाई नेपालीमा रुपान्तरण गर्दा "वैदेशिक रोजगारमा जाने" -कान्तिपुर २१ कार्तिक २०६३ पृष्ठ छ) भन्ने लेख्छन् र त्यसलाई छाप्छन् "कान्तिपुर" जस्ता ठूला पत्रिकाले । कस्तो दर्ुभाग्य हाम्रो देशमा, शव्दको ज्ञानै नभएकाहरुले पनि लेख लेख्छन् । हुन त त्यस विचाराको के दोष - उसलाई त ज्ञान भएन भएन, छाप्नेले कसरी छाप्यो - मलाई लाग्छ छापिनुको एउटै मात्र कारण हो त्यसमा मधेशीलाई गाली गरिएको छ ।
अहिलेसम्म हाम्रो देशका सबै पार्टर्ीीलाई नियाल्ने हो भने हामी प्रष्ट हामी हुन्छौं । यी पार्टर्ीीले मधेशीहरुलाई कसरी हर्ेर्ने गरेको छ । सरकार र व्रि्रोही बीच वार्ता हुँदा देशको आधाभन्दा बढी जनसंख्या रहेको मधेशीबाट कसैले १ जनालाई पनि राख्न उचित ठानेनन्् किनकी राखेको भए उसले मधेशीको अधिकारको कुरो उठाउन सक्थ्यो, जुन कसैले पनि भित्री मनबाट रुचाएका छैनन्। "कुनै पहाडि नेताबाट मधेशी कल्याणको कुरा सोच्नु नै महामर्ुखता हो" भन्ने सावित भइसकेको छ । वास्तवमा मधेशी नेताहरुले मधेशीकै अधिकारको लागि लागेका छन् भने पहाडि मुुखियाको सोंच र आदेशमा मधेशीको कल्याण गर्नतिर होइन की स्वयं आफ्नै सोँचमा मधेशी कल्याण तिर लाग्नर्ुपर्छ र यो तब मात्र संभव छ जब सबै मधेशीहरु आफ्नो नेता आफै बन्छन् अर्थात् एउटै मोर्चामा आउनै पर्छ, जसको नेतृत्व जो कोहीले गरेपनि ऊ मधेशी होस् । मधेशीले मात्र मधेशको सुधार र विकास गर्न सक्छ । अहिलेसम्मको कार्य प्रणालीले देखाई सकेको छ, हामी एकजुट भएमा मात्र हाम्रो कल्याण सम्भव छ, अन्य तरिकाले हामी आफ्नो कल्याणको कल्पना समेत गर्न सक्दैनौं । अन्यथा हाम्रो अस्तित्व, मालिक -पहाडि पार्टर्ीी्रमुख)बाट फालिएको हाडको टुक्रा खान पल्केको कुकुर -विभिन्न पार्टर्ीी आवद्ध मधेशी नेताहरु) भन्दा माथि उठ्न सक्दैन ।
Wednesday, August 15, 2007
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment