Friday, September 21, 2007

प्रहरी सुरक्षाभित्रै तीनको हत्या

कपिलवस्तु, असोज ३ - तनावग्रस्त कपिलवस्तुमा बिहीबार प्रहरी सुरक्षा भित्रै तीन जनाको हत्या भएको छ । हत्या गरिएकालाई स्थानीय बासिन्दाको उजुरीका आधारमा दंगा भड्काउन सघाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । दंगाबाट पीडित पक्षको सहयोगार्थ आएको समूहले पथ्थरदैया गाविसस्थित जगदीशपुर चौकीमा रहेका उनीहरूलाई आक्रमण गर्दा मृत्यु भएको हो । मृत्यु हुनेमा रामेश्वर चौधरी, नुरोद्दिन मुसलमान र नाम नखुलेका एक जना छन् । घटन्ााम्ाा २४ भन्दा बढी घाइते छन् । उनीहरूमध्ये धेरैलाई उपचारार्थ बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा लगिएको छ । अस्पतालले प्रायः सबैको अवस्था गम्भीर रहेको जनाएको छ । धेरैजसोका शरीरमा धारिलो हतियारका चोट छन् । झडप नियन्त्रण गर्दा ६ जना प्रहरी घाइते भएको प्रशासनले जनाएको छ ।
घाइते सवीर मुसलमानका अनुसार स्थलगत अनुगमन गर्न आएका राजनीतिक दलका नेता र मानव अधिकारवादी टोलीकै अघिल्तिर आक्रमण भएकोे थियो । 'घटना नियोजित तरिकाले गरिएको छ,' उनले भने- 'राजनीतिक समूहले ल्याएको भीडले चौकीमा आक्रमण गरेको हो ।'
आक्रमणका बेला अनुगमनका लागि आएका सात दलका जिल्ला नेता र अन्तरिम विधायक दानबहादुर चौधरी, रामलौचन तिवारी, पूर्वमन्त्री दीपकुमार उपाध्याय आक्रमण हुँदा त्यहाँ पुगेका थिए । अहिलेसम्म कपिलवस्तुमा मृत्यु हुनेको संख्या ३१ पुगेको प्रमुख जिल्ल्ाा अधिकारी नरेन्द्र दाहालले बताए । इन्सेक कपिलवस्तुले गरेको अध्ययनअनुसार हालसम्म जिल्लाका ३ सय व्यक्ति सम्पर्कविहीन, ५ हजार विस्थापित र डेढ सय सवारीसाधनमा तोडफोड र आगजनी भएको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सदरमुकाम तौलिहवाबाहेक जिल्लाका महेन्द्र राजमार्ग र हिंसा प्रभावित अन्य भागमा अनिश्चितकालीन कफ्यर्ु कायमै रहेको जनाएको छ ।
सुरक्ष्ाा र क्षतिपूर्ति माग
स्थानीय प्रशासनले सुरक्ष्ाा दिन नसकेको भन्दै पीडितहरूले हत्यारा पत्ता लगाई कारबाही अघि बढाउन माग गरेका छन् ।
आइतबारदेखि बिहीबारसम्म कपिलवस्तुको पथ्थरदैया, भगवानपुर, वीरपुर, बिसनपुर, खुरुरिया, चनही, जगदीशपुरलगायत दर्जन गाविसमा अझै पनि
हत्या, लुटपाट, तोडफोड, आगजनी र बलात्कारका घटनाहरू बढ्दै गएको छ । मृत्यु हुनेको संख्या बढिरहेको छ । गाउँहरूमा सडेका शवहरू भेटिइरहेका छन् । अहिलेसम्म २२ जनाको शवमात्र सनाखतसहित पुष्टि भएको
छ । क्षतविक्षत केही शवको सनाखत हुन सकेको छैन ।
स्थानीय बासिन्दाले बिहीबार वीरपुर क्षेत्रमा केही क्षतविक्षत शव देखेको टेलिफोनमा जानकारी दिए ।
बिसनपुरा गाविसको देवीपुर नजिकैको खोल्सामा बुधबार साँझपख आठवटा डढेका शव भेटिएका थिए । त्यस्तै कपिलवस्तुको सुरई नाकामा पनि चारवटा शव फेला परेको थियो । इलाका प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक धर्म सुनुवारले शव भेटिने क्रम जारी रहेकाले संख्या बढ्ने अनुमान रहेको बताए ।
ँदोषी पत्ता लगाऊ’
यसैबीच चन्द्रौटा क्षेत्रमा सात दलका स्थानीय नेताहरू, संघसंस्था र व्यापारीहरूको बैठक बिहीबार बसेको थियो । बैठकले घटनाको उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी दोषी पत्ता लगाउन र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेको छ । शाहीकालमा बाँडिएका हतियारहरू तुरुन्त फिर्ता गनर्ुपर्ने दल, नागरिक समाज, पीडितहरूले माग गरेका छन् ।
ँउदासीनता र लापरबाही’
यस्तै मानव अधिकारवादी तथा नागरिक समाजका अगुवाहरूले सरकारको उदासीनता, स्थानीय प्रशासनको लापरबाही तथा सुरक्षा निकायको निष्त्रिmयताले कपिलवस्तुको स्थिति झन्-झन् बिग्रँदै गएको बताएका छन् । स्थलगत भ्रमण गरेर फर्केका मानव अधिकारवादी तथा नागरिक अगुवाहरूले बुटवल पत्रकार सम्मेलनमा सरकारको उदासीनता, स्थानीय प्रशासनको लापरबाही तथा सुरक्षा निकायको निष्त्रिmयताले स्थिति बिग्रँदै गएको बताएका हुन् ।

No comments: